कमलबजारमा हावाको गति धेरै भएकाले जहाज आउन ढिलाइ

छिनोफानो   शनिबार १३, पुष २०८१ ०२:२०

अछाम । कमलबजार विमानस्थलमा परीक्षण उडानका लागि सबै तयारी पूरा भएपनी हावाको गति उच्च भएका कारण नेपालगन्ज विमानस्थलबाट जहाज उड्न सकेको छैन ।

विमानस्थलमा उत्तर पश्चिमबाट हावाको गति धेरै भएको भन्दै उडान हुन नसकेको नेपाल नागरिक उड्डयन कार्यालय साँफेबगरका प्रमुख कृष्ण शाहले जानकारी दिए ।


परीक्षण उडानको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे नेपालगन्ज विमानस्थल पुगेका छन्  ।
परीक्षण उडानको खुसीयालीमा अछामका नेताहरू विमानस्थलमा जम्मा भएका छन् ।


अछामका सांसद पुष्पबहादुर शाह ,संविधानसभा सदस्य रामबहादुर विष्ट, संविधानसभा सदस्य शरदसिंह भण्डारी,संविधानसभा सदस्य भरत साउद, पूर्व सांसद अक्कल बहादुर विष्ट, कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख शारदा विष्ट,नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य तथा पन्चदेवल विनायक  नगरपालिकाका पूर्व नगर प्रमुख देवराज देवकोटा लगायतका नेताहरू कमलबजार विमानस्थलमा देखिएका छन् । 

हावाको गति कम हुनासाथ परिक्षणका लागि विमान आउनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु