धनगढी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा कैलालीमा ६३।३ अंक सहित धनगढी उपमहानरपालिका पहिलो स्थानमा हुँदा ३९।२ अंक सहित चुरे गाउँपालिका जिल्लामा अन्तिम स्थानमा रहेको छ । चुरे सुदूरपश्चिममै सबैभन्दा कम अंक सहित पुछारमा रहेको छ । कैलालीको गोदावरी नगरपालिका जिल्लामा पाँचौ स्थानमा रहेको छ । गोदावरी ५८।७ अंक सहित पाँचौँ स्थानमा रहेको हो ।
यस्तै जानकी गाउँपालिका दोस्रो स्थानमा रहेको छ, जसको अंक ६३।१ रहेको छ । बर्दगोरिया गाउँपालिका ६२।७ अंकसहित तेस्रो स्थानमा रहेको छ भने घोडाघोडी नगरपालिका ६१।७ अंकसहित चौथो स्थानमा रहेको छ । पाँचौँ स्थानमा गोदावरी हुँदा छैटौँ स्थानमा ५४।६ अंकसहित कैलारी गाउँपालिका रहेको छ । टीकापुर नगरपालिका ५२।७ अंकसहित सातौँ, जोशीपुर गाउँपालिका ५०।४ अंकसहित आठौँ, गौरीगगा नगरपालिका ४७।१ अंकसहित नवौँ र भजनी नगरपालिका ४७।१ अंकसहित दशौँ स्थानमा रहेका छन् । लम्की चुहा नगरपालिका, मोहन्याल गाउँपालिका, चुरे गाउँपालिका क्रमशः ४४।४, ४०।५, र ३९।२ अंक प्राप्त गर्दै सूचीको अन्तिम तीन स्थानमा रहेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका देश भरी नै पहिलो स्थानमा पर्न सफल भएको छ । अमगरगढी ८१ । ७ अंक सहित देशभरमै पहिलो स्थानमा पर्न सफल भएको हो । आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा देशभरमा ८०।२ अंक सहित इलामको सुर्योदय नगरपालिका दोस्रो स्थानमा रहेको छ भने ८०।१ अंक सहित अर्घाखाँचीको सन्धीखर्क नगरपालिका तेस्रो स्थानमा रहेका छन ।
प्रतिकृया दिनुहोस