कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
कैलालीको टिकापुर नगरपालिका–९ बालुवाटारबाट आइतबार बेलुकी खैरो हेरोइन जस्तो देखिने ९७० मिलिग्राम धुलो पदार्थसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका–५ बस्ने २० वर्षीय बिशाल चौधरी र सोही नगरपालिका–४ का १८ वर्षीय एक किशोर रहेका छन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो।
त्यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–९ दिपाघाटबाट खैरो हेरोइन जस्तो देखिने १२० मिलिग्राम धुलो पदार्थसहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ गर्जमनी बस्ने २४ वर्षीय सन्तोष साउद रहेका छन्। उनलाई प्रहरी चौकी भुडाबाट खटिएको टोलीले आइतबार बेलुकी पक्राउ गरेको हो।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस