कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट भन्सार छलि गरी भारतबाट ल्याइएका लाखौं मूल्यका सामान प्रहरीले बरामद गरेको छ।
भिमदत्त नगरपालिका–४ मदनचोक, वडा नं. ५ बनगाउँ र वडा नं. १७ मझगाउँबाट अन्दाजी मूल्य रु. २ लाख ४१ हजार ६ सय बराबरका चिनी, जिरा, दाल, मिठाई तथा प्लास्टिक झिल्ली लगायतका सामान आइतबार बेवारिसे अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरी गस्ती टोलीले उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो।
त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट पनि भन्सार छलि गरी ल्याइएका सामान बरामद गरिएको छ। अन्दाजी मूल्य रु. ७६ हजार ७ सय ६० बराबरका थान कपडा र सुटपिस लगायतका सामग्री आइतबार दिउँसो बेवारिसे अवस्थामा फेला पारिएको अस्थायी प्रहरी पोष्ट मनेहराले जनाएको छ।
उक्त सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस