ओली र लेखकलाई प्रक्रिया पूरा गरेर हिरासतमुक्त गर्न सर्वोच्च अदालतको परमादेश

छिनोफानो   मङ्गलबार २४, चैत २०८२ ०६:३४

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रक्रिया पूरा गरी हिरासत मुक्त गर्न परमादेश दिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले दिएको परमादेशयुक्त आदेशका कारण चैत २६ गते ओली र लेखक हिरासतमुक्त हुने छन्। परमादेश आदेशमा भनिएको छ, ‘ओली र लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्मन्न गरी जो जे गर्नुपर्ने हो। गर्नू,गराउनू।’

काठमाडौं जिल्ला अदालतबाट ओली र लेखकविरुद्ध पछिल्लोपटक ५ दिनको म्याद थपेको छ। सर्वोच्च थपिएको उक्त म्याद अर्थात् चैत २६ गतेभित्र अनुसन्धान गरिसक्न र सो समयसीमाभित्र अनुसन्धान हुन नसके हिरासतमुक्त गर्न आदेश गरेको हो। जिल्ला अदालतले चैत २२ देखि लागू हुने गरी तेस्रोपटक ५ दिनको म्याद आइतबार थपेको थियो। 

चैत १४ गते ज्यानसम्बन्धी कसुर समेतको मुद्दाको अनुसन्धानको सिलसिलामा ओली गुण्डुबाट र लेखकलाई कटुञ्जेबाटै पक्राउ गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा जारी भएको जरुरी पक्राउ पुर्जीलाई काठमाडौं जिल्ला अदालतबाट स्वीकृति दिएको थियो। 

शनिबारको दिन गैरकानुनी ढंगले एकाबिहानै जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरेको दाबी गर्दै ओलीका तर्फबाट श्रीमती राधिका शाक्य र लेखकको तर्फबाट श्रीमती यशोदा लेखकले छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए। सोही रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले परमादेश आदेश जारी गरेको हो। रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई विपक्षी बनाइएको छ। सर्वोच्चले चैत २२ गतेबाट सुनुवाइ सुरु गरेको हो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु