प्रहरीले कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट भन्सार छलि गरी ल्याइएका सामानहरू बरामद गरेको छ।
कैलाली जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी मूल्य रु. १,०७,१०० बराबरका किराना सामान, कपडा तथा ४ थान साइकल लगायतका सामग्री बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
त्यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रबाट अन्दाजी मूल्य रु. १,१८,००० बराबरका मोबाइल कभर, हार्डवेयर सामग्री तथा किराना सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ
प्रतिकृया दिनुहोस