अछाम । बिगत एक बर्ष देखि रिक्त रहेको जिल्ला अस्पताल अछामको ब्यावस्थापन समिती अध्यक्षमा लिलाराज केशीले पदभार ग्रहण गर्नु भएको छ । केही दिन अगाडि सुदुरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले केशीलाई अध्यक्ष पदमा नियुक्त गरेपछि शुक्रबार पदभार ग्रहण गर्नु भएको हो ।
जिल्ला अस्पताल अछाममा पदभारग्रहण गर्दै अध्यक्ष केशीले जिल्ला अस्पताल अछामको बिकास लागि आफुले सक्ने कुनै पनि कसर बाकी नराख्ने बताए । आफुले बोलेर भन्दा पनि गरेर देखाउने उनले बताए । हालै आफुले जिल्ला अस्पताल अछाममा नागरिकहरुलाई सहजका लागि हेल्प डेस्क स्थापना गर्ने,मासिक अस्पताल क्षेत्रको सरसफाई गराउने र हरेक ३ महिनामा कर्मचारी र अध्यक्ष बिच अन्तरसम्बाद कार्यक्रमको आयोजना गरि कर्मचारीका समस्या गुनासोहरु सुन्ने प्रतिबद्धता ब्यक्त गरे ।
साथै उनले जिल्ला अस्पताल अछामको सेवा अझै प्रभावकारी बनाउन कर्मचारी निर्देशन समेत दिए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झपट ढुंगाना,डाक्टर कम्लेश कुमार यादव , लगायत अस्पतालका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।
अस्पतालका मेसु बेद कुमार चौधरीको अध्यक्षमा भएको कार्यक्रमको संचालन गङ्गा बुढामगरले गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस