कैलालीको धनगढी उपमहानगरपालिका–३ गणेश मन्दिर नजिकैबाट अवैध लागूऔषध सहित ३ जना पक्राउ परेका छन्।
शुक्रबार दिउँसो अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ बस्ने २१ वर्षीय अविशेक शर्मा समेत ३ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट १३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र ६ ट्याब्लेट ‘स्पास’ नामक लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शंकास्पद गतिविधि देखिएपछि जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रतिकृया दिनुहोस