सभामुखलाई एमालेको आग्रह : १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुस्, नभए मार्गप्रशस्त गर्नुस्

छिनोफानो   सोमबार २८, भदौ २०७८ १२:२९

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी नेकपा ९एमाले०ले बहिस्कार गर्ने भएको छ ।

एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुखले सोमबार दिउँसो संसद्मा भएका दलहरुको बैठक बोलाएका छन् । त्यसअघि एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई फोन गरी क(कसलाई बोलाइएको छ भनेर चासो राखेका थिए । सभामुखले संसदमा भएका सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको जानकारी दिए ।

प्रमुख सचेतक भट्टराईले भने माधवकुमार नेपालहरूलाई बोलाएको बैठकमा आफूहरू नआउने बताएका छन् । ‘एमाले र उहाँको विवाद हो, दुनियाँलाई बोलाएर के निकास निस्कछ र रु’ उनले सभामुखलाई भनेका छन् ।

एमालेले संसदको अवरोध हटाउने हो भने एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा मार्गप्रशस्त गर्न सुझाएको छ ।

सभामुख सापकोटाले भने १४ सांसदबारे कानूनअनुसार निर्णय गरेको र संसद चलाउनुपर्नेमा जोड दिएका छन् । एमालेले १ भदौमा माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै सभामखुलाई सूचना दिएका थिए ।

२ भदौमा माधव नेपालको नयाँ पार्टी दर्ता भयो, जसले ९ भदौमा मान्यता पायो । त्यसपछि बल्ल सभामखुले एमालेको पत्रबारे निर्णय गर्दै केही गर्नु नपर्ने बताएका थिए । यसलाई लिएर एमालेले आफ्नो दल फुटाउने षड्यन्त्रमा सभामुखसमेत प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ । त्यसलाई लिएर एमालेले २३ भदौमा सुरु भएको संसद अधिवेशनमा नाराबाजी गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु