अछामका युवा नेता जनकराज भण्डारीको काँग्रेस जिल्ला उपसभापतिमा दाबी

छिनोफानो   आइतबार ०५, मङि्सर २०७८ ०४:२८

नेपाली काँग्रेस अछामका युवा नेता जनकराज भण्डारीले काँग्रेसको जिल्ला उपसभापतिमा आफ्नो दाबी रहको बताएका छन् । हाम्रो निगरानी डटकमसँग कुराकानी गर्दै नेता भण्डारीले आफु पाटीको जिल्ला उपसभापतिको लागि योग्य रहेको कुरा समेत बताउनु भएको हो । सानै उमेरमा राजनितिक क्षेत्रमा सक्रिय रहेका नेता भण्डारी समाज रहेका हरेक नागरिकको दुख ,पीडामा साथ दिदै आएका छन ।

विद्यालय देखि नै नेपाल विद्यार्थी संघमा राजनिति गर्दै आएका नेता भण्डारी अहिलेको वर्तमान समयमा मंगलसेन नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष समेत हुनु हुन्छ । नेपाली काँग्रेसको राजनिति यात्रालाई निरन्तरता दिइरदा १४ औ महाअधिवेशनमा भने पाटीको जिल्ला उपसभापति पदका लागि उम्मेद्धारी घोषणा गरिसक्नु भएको छ ।पत्रकारिता क्षेत्रमा काम गरिरहदा जिल्लाको विकास निर्माण, सुशासन र समाज परिर्वतनका लागि महत्वपूर्ण भुमिका खेल्नु भएको थियो ।

आफूले युवाहरुको साथमा रहेर काम गरिरहेको र उपसभापति पदमा जितेको अवस्थामा अझै युवाहरुको साथमा रहेर काम गर्ने पनि बताउनुभयो । आफु वडा अध्यक्षमा निर्वाचित भइसकेपछि मंगलसेन नगरपालिका वडा नम्बर ६को विकास निर्माणको लागि अहोरात्र खटेर काम गरिरहेको भण्डारीले बताउनु भएको छ ।आफ्नो कार्यकालमा जनताले अनुभुती गर्ने गरी काम गरेको भन्दै अब पार्टीमा लागेर सोही तरिकाले काम गर्दे अघि बढ्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । पत्रकारिता क्षेत्रबाट राजनिति यात्रामा आएकाले आफुलाई राजनिति गर्न गाह्रो नहुने युवा नेता भण्डारीको भनाई रहेको छ ।

भण्डारीले सामुदायिक रेडियो प्रसारक संघ सुदूरपश्चिम प्रदेश समिती उपाध्यक्षको जिम्मेवारी बहन गरिसक्नु भएको छ ।नेपाल प्रेस यूनियन अछामका पूर्व अध्यक्ष समेत रहेका भण्डारी नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको अध्यक्ष भएर पनि काम गरेका थिए । साथै उहाँले नेपाली काँग्रेसलाई सुधार र वृहत् संगठनको हितका लागि आफूले उपसभापति पदमा उम्मेद्धारी दिएको पनि बताउनुभयो । नेपाली कांग्रेसको जिल्ला आमन्त्रित सदस्य समेत रहनु भएका भण्डारी बौद्धिक हिसाबले पनि उत्तिकै लोकप्रिय रहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु