प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिका लागि डडेल्धुराबाट चुनाव लड्ने

छिनोफानो   सोमबार ०६, मङि्सर २०७८ १२:५०

 प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन् । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने भएको हुन् ।

देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको डडेल्धुराका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदले जानकारी दिए । काँग्रेस विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । साउदका अनुसार देउवालाई विगतमा पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लडाएर ल्याउने गरिँदै आएको थियो ।

‘हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यूलाई जिल्लाबाट महाधिवेशन प्रतिनिधि लडाउछौं । उहाँ स्वतः महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । तर हामीले प्रत्येक महाधिवेशनमा उहाँलाई जिल्लाबाटै पठाउने गरेका थियौं । भाउजू (देउवा पत्नी आरजु राणा) लाई पनि डडेल्धुराबाटै लडाउने भएका छौं,’ उनले भने ।

यस्तै गोविन्द बोहोरा, नैनसिंह महर, रघुवीर भट्ट, जनक कलौनीलगायतका नेताहरु अधिवेशनको तयारीमा जुटेको साउदको भनाइ छ । उनले भने, ’डडेल्धुराको अधिवेशन उत्साहजनक रुपमा सम्पन्न हुँदैछ । डडेल्धुरा पुरै झिलिमिली भएको छ । जिल्ला अधिवेशनका लागि मान्छेहरु हिजै आइसकेका छन् । एउटा ऐतिहासिक पर्वका रुपमा अधिवेशन सम्पन्न गर्दैछौं ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु