डडेल्धुरामा विवादका बीच पनि जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापति निर्वाचित भए भीमबहादुर

छिनोफानो   मङ्गलबार ०७, मङि्सर २०७८ ०९:१९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा विवादका बीच पनि जिल्ला अधिवेशन भएको छ।

वडा अधिवेशनदेखि नै यहाँ विवाद भएको थियो। क्रियाशील सदस्यतामा देखिएको विवादपछि जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले अधिवेशनमा भाग नै लिएको थिएन।

गत भदौ २५ मा वडा अधिवेशन भएको थियो। पालिका, प्रदेश, प्रदेश सभा क्षेत्र हुँदै प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशन पनि सभापति देउवा पक्षले एकलौटी हिसाबले सम्पन्न गरेका छन्।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा एकलौटी अधिवेशन भएकोले खारेज गरी नयाँ अधिवेशन गर्न माग गर्दै उजुरी परेको छ। सात दिनदेखि जिल्ला सभापति मल्लसहित कार्यकर्ता सानेपामा रिले अनशनमा बसेका छन्।


यसैबीच सोमबार डडेल्धुरामा जिल्ला अधिवेशन गरिएको थियो। देउवा पक्षकै दुई जना नेता सभापतिमा प्रतिस्पर्धा गरेका थिए। जसअनुसार भीमबहादुर साउद सभापति पदमा निर्वाचित भएका छन्। उनले सभापतिका अर्का प्रतिस्पर्धी चुडामणी ठकुराठीलाई हराएका छन्।

साउदले ७३४ मत पाएका थिए भने चुडामणीले जम्मा ७६ मत मात्रै ल्याएका थिए। साउद परशुराम नगरपालिकाका मेयर पनि हुन्।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुरामा एकलौटी हिसाबले अधिवेशन भएकोले रोक्न माग गरेका छन्। जिल्लाबाट पठाइएका क्रियाशील हटाएर केन्द्रबाट नयाँ नाम थपेर पठाइएको भन्दै डडेल्धुरामा विवाद छ।

जिल्ला अधिवेशन रोक्न सभापति मल्लले सोमबार केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएका थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु