एमाले स्थायी कमिटीको बैठक जारी : यी हुन् मूल एजेण्डा

छिनोफानो   मङ्गलबार ०७, मङि्सर २०७८ ०१:५६

काठमाडौं : नेकपा (एमाले) को स्थायी कमिटीको बैठक जारी रहेको छ। महाधिवेशनको तयारीबारे छलफल गर्न अहिले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बसेको हो।

बैठकमा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको अवस्था, पाँच प्रतिशत मनोनयन, महाधिवेशन व्यवस्थापन, उद्घाटन तथा बन्दसत्र र निर्वाचन आयोगको कामको विषय एजेण्डामा केन्द्रित रहेर छलफल भइरहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधिको पाँच प्रतिशतसम्म मनोनीत गरिने तयारी छ।

महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ। एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने तयारी छ। नयाँ नेतृत्व चयनका लागि यही मङ्सिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु