भीम रावलले मलाई चुनाैती दिनुभएकाे हाेइन, सम्मान देखाउनुभएकाे हाे : केपी ओली

छिनोफानो   मङ्गलबार ०७, मङि्सर २०७८ ०४:४१

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले आफूलाई चुनाैती नदिएकाे बताउनुभएकाे छ । आज मङ्गलवार सम्पादकहरूसँगकाे अन्तरक्रियामा अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । 

उहाँले भन्नुभयाे, ‘रावलजीले मलाई चुनाैती दिनुभएकाे हाेइन । उहाँकाे शब्दमा ध्यान दिनुहाेस् । उहाँले मप्रति माया, सम्मान, स्नेह, र आदर देखाउनुभएकाे छ । म बढी खट्ने भएर गाह्राे हुने भएर उहाँले त्यसाे भए म उठ्छु भन्नुभएकाे हाे ।’ 

अध्यक्ष ओलीले भीम रावलले आउँदाे महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने गरेकाे घाेषणालाई सुझावका रूपमा लिनुपर्ने बताउनुभएकाे छ । ‘उहाँकाे स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यस्ताे सुझाव सबैले मन पराउँछन्’, ओलीले भन्नुभयाे । 

गएकाे आइतवार नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आउँदो महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियाे । उपाध्यक्ष रावलले विभिन्न कारण दिँदै उम्मेदवारी घाेषणा गर्नुभएकाे थियाे । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु