२०७८ मंसिर ८ गते बुधबारको राशिफल

छिनोफानो   बुधबार ०८, मङि्सर २०७८ ०७:५०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । महिला वा मित्र बाट विशेष सहयोग पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज प्रणय सम्बन्ध र रतिराग बढाउने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइएला । कार्य सम्पादनमा सहजता पनि मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला । अभिभावकको आशीर्वादले काम गर्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त होलान् । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज काममा केही चुनौती आइलाग्छन् । मन खिन्न हुने स्थिति आउनसक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल भने गर्नुपर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
श्रमको उचित मल्याङ्कन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आम्दानी प्रशस्तै बढ्ने छ । कुनै कुराले मनमा शान्ति छाउने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । बोलीको प्रभाव पनि बढ्ने छ । दाम्पत्य सुखले प्रफुल्लित भइने छ । बौद्धिक काममा सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु