बिप्लप नेतृत्वको नेकपा द्धाराएमसीसी- सम्झौताको विरोधमा काठमाडौंमा प्रदर्शन

छिनोफानो   सोमबार २८, भदौ २०७८ ०५:३७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी० सम्झौताको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । 
काठमाडौको त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा लगाउँदै निस्किएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु  सहभागी भएका छन् ।

प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका थिए ।
सुन्धारा पुगेर जुलुस केन्द्रित भएको छ ।

मूल जुलुसको नेतृत्व गरेका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सभालाई सम्बोधन गर्ने योजना छ ।सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।

उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु