नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम सरकारलाई समर्थन दिने

छिनोफानो   सोमबार २८, भदौ २०७८ ०६:२६

नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने भएको छ ।सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले  प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो ।

नेकपा एमाले विभाजन भएपछि  नेकपा एकीकृत समाजवादीको  पहिलो पटक  संसदीय दलको बैठक बसेको थियो।प्रदेशसभा सदस्य दुर्गा विक को अध्यक्षतामा  बसेको संसदीय दलको  बैठकले दलको विधान बनाउनका लागि तीन सदस्यीय समिति  गठन लगाएत प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो ।

 संसदीय दलको नेता चयनका सम्बन्धमा बैठकमा सामान्य छलफल भए पनि टुङ्गो लाग्न नसकेको र संसदीय दलको विधानलाई पूर्णता दिएपछि मात्र दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलका पदाधिकारी चयन गर्ने समझदारी भएको सांसद दुर्गा विकले बताएकी छन् ।

बैठकमा एकीकृत समाजवादीलाई प्रदेशसभाको सबैभन्दा ठूलो दल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएको छ ।एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक मंगलबार दिउँसो पनि बस्नेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु