रुसको एक कोइला खानीमा भएको दुर्घटनामा परी ५२ जनाको मृत्यु

छिनोफानो   शुक्रबार १०, मङि्सर २०७८ ०८:३२

 रुसको एक कोइला खानीमा भएको दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको छ । बीबीसीकाअनुसार यो रुसको लागि पछिल्लो एक दशकयताकै सबैभन्दा ठूलो खानीमा देखिएको संकट हो । समाचारमा उल्लेख गरिएअनुसार खानीभित्र बाहिरको हावा जाने ठाउँमा आगलागी भएको थियो । जसको कारण निसास्सिएर भित्र रहेका मजदुरहरुको मृत्यु भएको हो ।

२८५ जना काम गरिरहेको लिस्टभ्यज्नाया खानीमा दुर्घटनापछि अधिकारहरु मानिसहरु भागेका थिए । केमेरोभो क्षेत्रमा रहेको यो खानी राजधानी सहर मस्कोबाट ३५ सय किलोमिटर टाढा पर्छ । अधिकारीहरुका अनुसार दुर्घटनामा परी ४९ जना घाइते भएका छन् । उनीहरुमध्ये चारजनाको अवस्था गम्भीर छ ।

दुर्घटनापछि खानीमा ठूलो मात्रामा मिथेन ग्यास निस्किएसँगै अहिले उद्धार कार्य रोकिएको अधिकारीहरुले बताएका छन् । यसबाट खानीमा विष्फोट हुन सक्ने आशंका गरिएको छ । यसअघि खानीमा फसेका मानिसको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको थियो । खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु