महाधिवेशन प्रतिनिधि जितेका क्षितिज भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

छिनोफानो   शुक्रबार १०, मङि्सर २०७८ ०३:१३

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत कैलाली क्षेत्र नं ५ बाट नवनिर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेवि संघ पूर्व का.वा केद्रिय अध्यक्ष क्षितिज भण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

भण्डारीले शुक्रवार कैलाली/ कञ्चनपुर र भारतको त्रिकोण सिमाना स्थित ७५३/१७१ पिल्लर डोके बजारमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।उनले काँग्रेसले बिगतमा गरेका कमी कम्जोरीका बिषयलाई यसै महाधिवेशन मार्फत छलफल गरी सुधार गर्नु पर्ने बताउनु भएको छ । 

उनले नेपाल आमाको माटोलाई साक्षी राखेर ”स्मार्ट काँग्रेस निर्माणलाई सर्वपक्षीय युवा नेतृत्व अभियान” समेत प्रारम्भ भएको घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु