२०७८ मंसिर ११ गते शनिबारको राशिफल

छिनोफानो   शनिबार ११, मङि्सर २०७८ ०८:५४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक कार्यमा रुचि बढ्ने छ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज शुभकार्यको चर्चा चल्ने छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्ने छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सहयोग गर्ने भन्दा आश्वासन बाड्नेहरू धेरै भेटिने छन् । आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । प्रेमीको सहयोग पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ, तर साँझमा आफन्तको सहयोग पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्ने छन् । बौद्धिक कार्यमा सफलता मिल्ने छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ, तर वैदेशिक क्षेत्रको काम बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु