भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

छिनोफानो   शनिबार ११, मङि्सर २०७८ ०४:१६

 भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना बाँकेका हुन् । कात्तिक २२ गते संक्रमण पुष्टि भएर २४ गते अस्पताल भर्ना भएकी कोहलपुर ११ की ६४ वर्षीया महिलाको शुक्रबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै कोहलपुरकै ६५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको बांकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु