२०७८ मंसिर १२ गते आइतबारको राशिफल

छिनोफानो   आइतबार १२, मङि्सर २०७८ ०८:०२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज छोटो दूरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्ने छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्तिको कारोबार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको समय उत्साहवर्द्धक नै रहला । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापारमा लाभ समेत हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज शेयर बजारमा नोक्सानी हुनसक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्ने छ । शेयरको कारोबारमा समेत सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ, तर आफन्तको साथ मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ, तर साँझपख अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु