ओलीले केन्द्रीय सदस्यको नाम पढेर सुनाएपछि उपाध्यक्ष भीम रावलको आपत्ति

छिनोफानो   सोमबार १३, मङि्सर २०७८ ०९:००

नेकपा (एमाले) दसौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएपछि उपाध्यक्ष भीम रावलले त्यसमा आपत्ति जनाएका छन्। मध्यरातमा सुरु भएको बन्दसत्रमा अध्यक्ष ओलीले सहमतिका लागि भन्दै नाम पेश गरेका छन् ।

रावलले अलोकतान्त्रिक विधिबाट हुने कुनै पनि गतिविधिमा आफ्नो समर्थन नरहने उनको भनाई छ । ओलीले विधि र प्रक्रिया छलेर केन्द्रीय कमिटी सदस्यहरुको नाम पढेको उनको आरोप छ ।

बैठकपछि रावलले अध्यक्षमा उम्मेदवारी दिएर छोड्ने बताए । भने, ‘मैले अध्यक्ष मण्डल बैठकमा उम्मेदवारीको कुरा हुदाँ यसअघि नै राजनीतिक घोषणा गरेकाले उम्मेदवारी दिन्छु भनेको छु । विधिवत मनोनयनपत्र पनि भरिसकेको छु। जुन बेला निर्वाचन आयोगले बुझाउने समय दिन्छ, म मेरो मनोनयनपत्र दाखिला गर्छु।’

रावलले आफूसँग कसैले पनि सहमतिका लागि कुरा नगरेको पनि बताए। ‘अध्यक्षमा मैले पहिलेदेखि नै दाबी गरेको थिएँ। अब मनोनयन गरेको छु। निर्वाचन मण्डलले तोकेको समयमा उम्मेदवारी दर्ता हुन्छु, उनले भने।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु