२७ चिनियाँ सैन्य विमान हाम्रो क्षेत्रमा प्रवेश गरे : ताइवान

छिनोफानो   सोमबार १३, मङि्सर २०७८ ०९:१७

ताइवानको रक्षा मन्त्रालयले २७ चिनियाँ सेनाको विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ । आइतबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो घटनाबारे चेतावनी जारी गर्दै गतिविधिको निगरानीको लागि हवाई सुरक्षा मिसाइल प्रणाली तैनाथ गरिएको बताएको छ ।

ताइवानको रक्षा मन्त्रालयले आफ्नो क्षेत्रमा प्रवेश गरेका चिनियाँ सेनाका विमानमा पाँचवटा लामो दूरीको एच–६ बमवर्षक र १८ फाइटर जेट सामेल थिए । पछिल्लो केही समययता ताइवान र चीनको सम्बन्ध तनावपूर्ण अवस्थामा पुगेको छ ।

चीनले ताइवानलाई आफ्नो एक हिस्सा भएको बताउँदै आएको छ भने ताइवान आफूलाई एक सार्वभौम मुलुक भएको दाबी गर्छ । केही समयअघि चीनले अन्तर्राष्ट्रिय समुदायलाई पनि ताइवानको मुद्दामा दखल नदिन र एक चीन नीतिमा प्रतिबद्ध रहन आग्रह गरेको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि ताइवानको स्वतन्त्रताको पक्ष लिनु आगोसँग खेल्नु जस्तै भएको चेतावनी दिएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु