एमाले महाधिवेशन : रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडियो

छिनोफानो   मङ्गलबार १४, मङि्सर २०७८ ०८:३७

नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडिएको छ ।

भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई बाँडिएको पर्चामा पूर्व माओवादीका नेता रामबहादुर थापा (बादल), लेखराज भट्ट लगायतको नाम समेत छ । चुनावमा उठेका केही उम्मेदवारको नाम र उनीहरुले प्रतिस्पर्धा गरेको पदसहितको नामावली उल्लेख गरिएको लिष्ट प्रिन्ट गरेर भोट नहाल्न भन्दै मतदातलाइ वितरण गरिएको छ ।

जसमा अध्यक्षका उमेरदवार भीम रावल, उपाध्यक्षका उमेदवार घनश्याम भुसाल तथा भीम अचार्य, टंक प्रसाद कार्की लगायतको नाम छ । केपी शर्मा ओली पक्षधर कार्यकर्ताले मतदानस्थल बाहिर यस्तो लिष्टसहितको पेपेर बाँडिरहेकोे भेटिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु