नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

छिनोफानो   मङ्गलबार १४, मङि्सर २०७८ ०४:१५

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय आठ मत प्राप्त गर्नुभएको छ भने रावलले दुई सय १३ मत ल्याउनुभएको हो ।

अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भए पनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो । चुनावमा ओलीले रावललाई ठूलो मतान्तरले हराउनुभएको हो ।

ओली दोस्रो पटक  एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्ष जित्नुभएको थियो ।

दशाैँ महाधिवेशनमा पदाधिकारीका लागि भएको मतदानको गणना भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु