धमालीको वडा भेलामा पूर्व असई सहित विभिन्न पार्टी परित्याग गरी ३६ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

छिनोफानो   मङ्गलबार १४, मङि्सर २०७८ ०५:४१

कमल विक अछाम 
      नेपाल कम्युनिष्ट पार्टी अछामले तुर्माखाद गाउँपालिका ८ धमालीमा वडा भेला सम्पन्न गरेको छ। पार्टीको महाधिवेशनको पूर्व सन्ध्यामा वडा भेला सम्पन्न गरेको हो। सोमबार एक कार्यक्रमको आयोजना गर्दै सो भेला सम्पन्न गरिएको हो। 
      भेला उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले देशमा विद्यमान राष्ट्रिय समस्याको बिषयमा बोल्दा आफुहरुमाथि प्रतिबन्ध लाधिएको बताउनु भएको छ। उहाँले दलाल संसदीय व्यवस्थाका कारण देश गंभिर संकटमा परेको बताउनु भएको छ। उहाँले देशमा विद्यमान सबै समस्या समाधान गर्न वैज्ञानिक समाजवादी व्यबस्था एक मात्र विकल्प रहेको कुरा स्पष्ट पार्नु भएको थियो। साथै उहाँले नयाँ आउने वडा कमिटीलाई शुभकामना समेत दिनु भएको थियो।
      युवा संगठन नेपाल अछामका जिल्ला कमिटि सदस्य गोकर्ण विष्टको स्वागत मन्तब्य बाट सुरु भएको भेलामा लोकेन्द्र बहादुर शाही नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी सचिवालय सदस्य , निरक शाही जिल्ला सचिवालय सदस्य,तुर्माखाद गाउँपालिका ईन्चार्ज किशोर शाही, बान्नेगडी जयगड र मेल्लेख गाउँपालिका ईन्चार्ज तिलक बिष्ट लगाएत सम्पूर्ण जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधि अतिथि रहनुभएको थियो भने कार्यक्रमको संचालन युवा संगठन नेपाल अछामका सचिव कुमार क्षेत्रीले गर्नु भएको थियो।
    साथै उक्त भेलाले नमराज धमालाको नेतृत्वमा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ। बन्द सत्रका प्रमुख अतिथि नेकपाका जिल्ला सचिवालय सदस्य निरक शाहीले बधाई तथा प्रशिक्षण दिनु भएको थियो।
   नेपाल कम्युनिष्ट पार्टीको  एकिकृत जनक्रान्तिको कार्यदिशामा ध्रुवीकृत हुने  हरुकोपनि लहर लागेको छ। नेपाल प्रहरीको असई पदबाट राजिनामा दिएका  तपेन्द्र शाही सहित ३६ जना नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु