भीम रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे,घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको शपथ खाए

छिनोफानो   बुधबार १५, मङि्सर २०७८ ०८:४०

 नेकपा एमालेको दशौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित नेता भीम रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

एमालेको नयाँ केन्द्रीय कमिटी चयनका लागि मंगलबार चितवनको सौराहामा सम्पन्न चुनावमा रावल अध्यक्ष पदमा हारे पनि केन्द्रीय सदस्य चुनिएका छन् । मतदानकै दिन उनले केन्द्रीय सदस्यको सूचीमा आफ्नो नाम कसले राख्यो थाहा नभएको बताउँदै अध्यक्ष पदमा विजयी भए केन्द्रीय कमिटीमा बस्ने अन्यथा नबस्ने घोषणा गरेका थिए ।

सोहीअनुरूप मंगलबार राति उनले केन्द्रीय सदस्यका रूपमा शपथ खान अस्वीकार गरेका हुन् । यसैबीच उपाध्यक्ष पदमा पराजित घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको शपथ खाएका छन् ।

‘सर्वसम्मत’ सूची सार्वजनिक गर्ने बेला नै अध्यक्ष केपी शर्मा ओलीले रावल र भुसालको नाम केन्द्रीय सदस्यमा राखेका थिए भने पछि चुनाव गर्दा पनि त्यसलाई निरन्तरता दिइएको थियो । जसले गर्दा उनीहरू अध्यक्ष र उपाध्यक्ष पदमा हारे पनि केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु