राप्रपा को महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदै

छिनोफानो   बुधबार १५, मङि्सर २०७८ ०८:४५

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आज (बुधबार) बाट काठमाडौंमा शुरु हुँदैछ । तीन राप्रपाबीच एकता भएपछि पार्टीको यो पहिलो महाधिवेशन हो । राप्रपा नेतृ कुन्ती शाहीले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइन् ।

महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबेदारी प्रस्तुत गरेका छन् । लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्ने घोषणा गरिसकेका छन् । अर्का अध्यक्ष पशुपति शमशेर राणाले भने आफू तटस्थ बस्ने बताउँदै सहमतिमा नेतृत्व चयनका लागि प्रयास गर्ने बताएका छन् ।

लिङ्देनको साथ लोहनीसँगै डा. धवलशमशेर राणा पनि रहेका छन् । अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ । महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने बताइएको छ । महाधिवेशनले १४७ कार्य समिति चयन गर्नेछ । काठमाडौंमा हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु