नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न

छिनोफानो   बुधबार १५, मङि्सर २०७८ ०२:४५

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न भएको छ । सो पार्टीले कैलालीका १३, कञ्चनपुरका ३, डोटीका ८, अछामका ३, बैतडीका १ पालिकामा सम्मेलन सम्पन्न भएका सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिए ।

त्यस्तै बझाङका ३, दार्चुलामा ३, बाजुरामा २ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न भएको छ । अझै ४९ पालिकामा भने नगर सम्मेलन भइरहेको भण्डारीले बताए । अध्यक्ष भण्डारीका अनुसार ७८ हजार २८५ पार्टी सदस्यता भएको यस प्रदेशमा यसअघि ७३१ वडामध्ये ६५२ वडामा वडा सम्मेलन सम्पन्न भइसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु