नेपालमा कोभिड–१९ विरुद्धको एक लाख ८८ हजार डोज मोर्डना खोप ल्याइँदै

छिनोफानो   बिहिबार १६, मङि्सर २०७८ ०४:२१

नेपालमा भोलि (शुक्रबार) कोभिड–१९ विरुद्धको एक लाख ८८ हजार डोज मोर्डना खोप ल्याइने भएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा पहिलो पटक मोर्डना खोप आउन लागेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले जानकारी दिएको छ । यो खोप माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा भन्डारण गर्नुपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय अभ्यासानुसार यो खोप १२ देखि १८ वर्षका किशोर–किशोरीलाई प्रभावकारी देखिएको भए पनि नेपालमा कुन उमेर समूहलाई दिने भन्ने टुंगो लागिनसकेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु