देश बचाउने जिम्मा माओबादी केन्द्रको हो ः ईन्चार्ज भट्ट

छिनोफानो   मङ्गलबार २९, भदौ २०७८ ०४:३७

धनगढी–नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम सुदुरपश्चिम ईन्चार्ज खगराज भट्टले नेपालमा देश बनाउने भन्दा बिगार्नेको सँख्या बढि रहेकोले देश लाई बचाउने जिम्मेवारी माओबादी केन्द्रको रहेको बताए ।


मंगलबार अनेरास्वयु क्रान्तीकारी कैलालीको २० औ जिल्ला सम्मेलन लाई धनगढीमा सम्बोधन गर्दै भट्टले यस्तो बताएका हुन ।


 उनले आगामी निर्वाचनमा सुदुरपश्चिममा  माआवादी केन्द्र पहिला दल बन्ने दाबि गरे । उनले पार्टि लाई मजबुद बनाउनका लागी सबैले आ–आफनो क्षेत्रबाट लाग्नु पर्ने बताए । 


कार्यक्रम लाई सम्बोधन गर्दै अनेरास्वयु क्रान्तीकारीका केन्द्रीय उपाअध्यक्ष पन्चा सिहले माओबादी केन्द्रले लडेर ल्याएको संघीयता कार्यान्वयनका लागी माओबादी केन्द्रको नेत्रत्व जरुरी रहेको बताईन । 


उनले आगामी निर्बाचनमा माओबादी केन्द्रलाई नेत्रत्वमा नपुर्याए मुलुकमा सबिधानको कार्यन्वयन र मौलिक अधिकार ठिक ढंगले कार्यान्वयन नहुने दाबि गरिन । 


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु