ओमिक्रोन भेरियन्टबारे नआत्तिन डब्ल्यूएचओको आग्रह

छिनोफानो   शनिबार १८, मङि्सर २०७८ ११:११

ओमिक्रोन भेरियन्टबारे  नआत्तिन  डब्ल्यूएचओको आग्रह यद्यपि यससँग लड्नका लागि तयार रहनुपर्ने डब्ल्यूएचओको भनाइ छ ।

डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले अहिलेको अवस्था एक वर्षअघिको तुलनामा निकै फरक रहेको बताएकी छिन् । उनले अहिले प्राप्त तथ्यांकअनुसार यो भेरियन्ट निकै संक्रामक रहेको पाइएको बताएकी छन् ।

अहिले ओमिक्रोन भेरियन्ट विभिन्न ४० मुलुकमा फैलिसकेको छ । अहिलेसम्म यो भेरियन्टलाई अहिले बजारमा रहेका खोपले काम गर्छ कि गर्दैन भन्ने खुल्न सकेको छैन । यसअघि दक्षिण अफ्रिकाका केही वैज्ञानिकले ओमिक्रोनले भेरियन्टले कोरोना खोपको प्रभावकारिता पनि कम गर्ने बताएका थिए । यद्यपि यस विषयमा निष्कर्षमा पुग्न थप अध्ययनको आवश्यकता रहेको उनीहरुको भनाइ छ ।

डब्ल्यूएचओ इमर्जेन्सिजका निर्देशक माइक रयानले अहिले विश्वभर निकै प्रभावकारी खोप उपलब्ध रहेको बताएका छन् । साथै उनले अहिले विश्वभर यी खोप वितरण गर्नेतर्फ ध्यान दिनु जरुरी रहेको बताएका छन् ।
नर्वेको ओस्लोमा पनि भेटिए ‘ओमिक्रोन’ सङ्क्रमित
‘ओमिक्रोन’ भाइरसको सङ्क्रमण देखिएपछि नर्वेको ओस्लोमा प्रतिबन्ध लागू गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का एक जना बिरामी भेटिएपछि प्रतिबन्धसहित स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु