पार्टी नफुटाऊ भन्दा पदका भोकाहरु बाहिर गए : भिम रावल

छिनोफानो   मङ्गलबार २९, भदौ २०७८ ०५:०६

एमाले उपाध्यक्ष भीम रावलले पार्टी नफुटाऊ भन्दा नमानेर माधव नेपाल पक्ष पदका लागि बाहिर गएको बताएका छन्।एमालेकै नेतृत्वको सरकार ढाल्न बनेको गठबन्धनमा सँगै रहेका रावलले नेपालको साथ छोडेर पार्टीमै बसेपछि पहिलो पटक धनगढी पुगेर एमालेको जिल्ला कार्यालयमा कार्यकर्तासँगको भेटमा उनले १० बुँदे सहमतिले पार्टीलाई एकतावद्ध गर्न मद्दत पुर्‍याएको बताएका छन्।

‘जुनबेला स्थायी कमिटी र केन्द्रीय कमिटीले १० बुँदेलाई अनुमोदन गर्‍यो। जुनबेला हाम्रा कमिटीहरू भंग भएका थिए, कतिपय सदस्यहरूलाई पार्टीबाट निकालिएको थियो, त्यसबेला त पार्टी फुटाएनौं भने प्रतिनिधि सभा पुनर्स्थापना भैसक्यो, १० बुँदे हस्ताक्षर भैसक्यो। ९ औं महाधिवेशनको मिति कार्यक्रम र संगठनात्मक प्रणाली  र सिद्धान्त उही छ। अर्को पार्टी नखोलौं भन्यौं,’ उनले भने।पार्टी एकताका लागि प्रस्ताव पारित गरिए पनि नेपालले केही केन्द्रीय कमिटीका सदस्यको हस्ताक्षर गरेर निर्वाचन आयोगमा अर्को पार्टी गठन गर्नु आफ्नो ५० वर्षको पार्टी जीवनमा सबभन्दा दुस्खको दिन भएको उनले बताए।

ुएमालेले स्वाधिनताको रक्षा गर्छ, जनताका हकहितका लागि यो पार्टी अग्रिम मोर्चामा रहेर काम गर्छ भनेर विश्वास गरेकोमा विभाजनले पीडा दियोु, उनले भने।सुदूरपश्चिममा भीम रावल होइन माधव नेपाल बलिया१
२०५४ मा एमाले विभाजन भएर माले बनेको थियो। २०५८ मा एमाले फेरि एक भए पनि २०५५ मा भएको आमनिर्वाचनमा बहुमत ल्याउने आधार गुमाउनु परेको रावलले स्मरण गरे।‘अहिले पनि पार्टीमा फेरि फर्किने पक्का हो। अहिले कोही(कता लागौं, कोही कता लागौं भन्नेहरूलाई आउने फागुनपछि हुने स्थानीय तह निर्वाचन र त्यसलगत्तै हुने आमनिर्वाचनमा हार बेहोरेपछि एकै ठाउँमा आएको के अर्थरु’ उनले प्रश्न गरे।

देशमा भारतीय अतिक्रमणविरूद्ध नबोल्नेहरूले अहिले गठबन्धन गरी  बनाएको सरकारले एमाले फुटेको मौका पाएर चुनाव जितेपछिको एकतले घर जलाएर खरानी बेचेको पैसाले लुगा किनौंला भनेजस्तै भएको उनले बताए।

पार्टी एकताका लागि गरिएको १० बुँदे सहमतिमा यसअघि माओवादी र एमाले एकीकरणपछि बनेको नेकपाको कुरालाई पनि मनन गरिएको उनले बताए।

फागुन २३ गतेको सर्वोच्चको फैसलापछि माओवादी केन्द्रबाट आएकाहरू एमालेमै रहेकाहरूलाई १० बुँदेले पार्टीमा सम्बोधन गरेको उनले बताए।

‘नेकपामा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेकाहरूलाई सोही अनुसारको जिम्मेवारी दिइने छ। पार्टी एकतालाई बलियो बनाउने उद्धेश्यका साथ उहाँहरूलाई १० बुँदामा सम्बोधन गर्‍यौं,’ उनले भने।

रावल धनगढी पुग्दा माधव नेपालसँगै रहेर पछि एमालेमै फर्केका एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता प्रकाश शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, नगरपालिकाका प्रमुख, उपप्रमुख र  कार्यकताहरू उनलाई स्वागत गर्न धनगढी विमानस्थल पुगेका थिए।

रावलले सुरूमा सोझै जिल्ला पार्टी कार्यलय कैलाली पुगे भने पछि धनगढीमै रहेको प्रदेश पार्टी कार्यालयमा पुगेर नेता तथा कार्यकर्तालाई भेटेका छन्।
(सेतो पाटी )
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु