नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा पुन निर्वाचित

छिनोफानो   सोमबार २०, मङि्सर २०७८ ०८:२२

 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले पराजित गर्दै लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले जानकारी दिए ।

पुनले ८५२ मत पाएका छन् भने शाहको पक्षमा ७६७ मत खसेको छ । पुनले मत गणनाको शुरूवाती चरणबाटै अग्रता लिएका थिए । प्रदेशको नेतृत्त्वको लागि शनिबार मतदान भए पनि आइतबार बिहानबाट मात्रै मतगणना शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु