हामी तामझामका साथ अधिवेशन गर्दैनौँ, एमालेसँग प्रतिस्पर्धा गर्ने पक्षमा पनि होइनौँ : देउवा

छिनोफानो   सोमबार २०, मङि्सर २०७८ १२:३८

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तामझामकासाथ महाधिवेशन नगर्ने बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा बोल्दै उहाँले जनताको अवस्थालाई हेरेर तामझामका साथ महाधिवेशन नगर्ने बताउनुभयो ।

‘काँग्रेस उदार र जिम्मेवार पार्टी हो । हामी जनतालाई दुख: दिन चाहँदैनौँ। कोरोना भाइरसको नयाँ भेरियन्टको पनि जोखिम छ,’ उहाँले भन्नुभयो, ‘हामी शक्ति प्रदर्शन गर्ने पक्षमा छैनौँ । हामी एमालेसँग प्रतिस्पर्धा गर्ने पक्षमा पनि होइनौँ।’

सभापति देउवाले अधिवेशनमा झापाबात मान्छे उतार्न सक्ने भएपनि त्यो नगर्ने सुनाउनुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु