पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,दुईको मृत्यु

छिनोफानो   मङ्गलबार २१, मङि्सर २०७८ ०५:२८

नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,३८६ पीसीआर र २,४२४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार १०२ जना पुगेको छ । कुल संक्रमितमध्ये ६,३५२ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३०४ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख ५ हजार २०५ पुगेको छ । उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । १२३ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर एक लाख २७ हजार ७५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु