राष्ट्रिय जनमोर्चाको प्रथम जिल्ला भेला सम्पन्न

छिनोफानो   बुधबार ३०, भदौ २०७८ ११:१६

राष्ट्रिय जनमोर्चाको एतिहासिक प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाबाट डोटीको अध्यक्षमा केशवनाथ योगी चयन भएका छन्। मङ्गलवार दिपायलमा सम्पन्न भेलाबाट योगीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गरिएको हो।यस्तै समितिको उपाध्यक्षमा हरि प्रसाद भट्टराई, सचिवमा हेम विक्रम चन्द, कोषाध्यक्षमा रमेश नागरी, सहसचिव शिवराज भट्ट चयन हुनु भएको छ । राष्ट्रिय जनमोर्चा पार्टीको डोटीमा पनि समानान्तर कमिटी गठन भएको छ ।
भदौ ८ र ९ गते लोकेन्द्र लम्सालको नेतृत्वमा गठन भएको राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीलाई मान्यता दिँदै दिपायलमा भेलाको आयोजना गरेको हो । भेला सम्पन्न भए लगत्तै दिपायलमा एमसिसी विरुद्ध विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटी सचिव लक्षिराम आचार्य र राष्ट्रिय जनमोर्चा डोटी अध्यक्ष केशव नाथ योगीले सम्बोधन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु