कांग्रेसले महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी,मोबाइल फोन लिएर जान नपाइने

छिनोफानो   बिहिबार २३, मङि्सर २०७८ ०९:३७

नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशनका लागि विभिन्न ६ बुँदे आचारसंहिता जारी गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले आचारसंहिता जारी गर्दै मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने भनेको छ ।

आफ्नो उम्मेदवारीको प्रचार प्रसार गर्दा महाधिवेशनस्थलबाट ५०० मिटर बाहिरको क्षेत्रमा मात्र भिजिटिङ कार्ड, सामान्य अपिल वितरण गर्न सकिने कांग्रेसले जनाएको छ । कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार गर्न नपाइने निर्वाचन समितिले जारी गरेको आचार संहितामा उल्लेख छ ।

मर्यादित, अनुशासित र संयमित भई शान्तिपूणर् तरिकाले निर्वाचन प्रचार प्रसार गर्न पनि समितिले अनुरोध गरेको छ । काँग्रेसको निर्वाचन कार्यक्रम मंसिर २४ गते बिहान १० बजेदेखि सुरु हुनेछ । जसअनुसार मतदानको समय २७ गते बिहान ८ बजेदेखि तोकिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु