रमेश खरेल नयाँ पार्टी खोल्दै

छिनोफानो   शुक्रबार २४, मङि्सर २०७८ ०७:४५

काठमाडौँ,२४ मंसिर । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज  नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन्।

 नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन्।

राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु