आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

छिनोफानो   बुधबार ३०, भदौ २०७८ ०१:२०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले आउँदो निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

माओवादी मुख्यालय पेरिसडाँडामा बुधबार बिहान आयोजित दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले कसैले नपत्याए पनि माओवादी पहिलो पार्टी हुने जिकिर गरेका हुन् ।

‘हामीले जनयुद्ध सुरु गर्दा पनि कसैले पत्याएका थिएनन्, शान्ति प्रक्रियामा आएपछि पनि पहिलो पार्टी हुन्छ भनेर कसैले पत्याएका थिएनन्,’ उनले विगत स्मरण गर्दै भने, ‘जनतालाई प्रचण्डलाई देखियो, एकपटक छुन पाए हुन्थ्यो भन्ने थियो, तर विपक्षीहरुले बन्दुक देखाएर दुईरचार सिट ल्याउँछ भन्थे ।’

पहिलो संविधानसभामा माओवादीको पक्षमा जनलहर ‘छप्पर फाटेर’ आएको र अब त्यस्तै माहोल ल्याउन पार्टी पुनर्गठन र रुपान्तरणको अभियान सुरु गरेको प्रचण्डले बताए ।

‘यसबीचमा नेपाली जनताले माओवादी नै देशभक्त, गणतन्त्रवादी, संघीयतावादी शक्ति रहेछ भन्ने थाहा पाइसकेका छन्,’ उनले भने, ‘यो १५ वर्ष देशको राम्रोसँग नेतृत्व गर्न नपाई बितेछ ।’

प्रचण्डले दुईपटक आफूले सरकारको नेतृत्व गरेको र छोटो समयमै माओवादीबाट १०० भन्दा बढी मन्त्री बनाएको स्मरण पनि गरे ।

प्रचण्डले माओवादी पार्टी निर्माण र रुपान्तरणको महान अभियानतिर अगाडि बढेको जिकिर गरे । ‘यो ८र१० वर्ष हामीले अरुलाई गाली गरेर बिताएछौं । अब आफैंलाई गाली गर्न थालौं,’ उनले भने, ‘मैले बिगारेँ, म सच्चिनपर्छ भन्नेबाट सुरु भयो भने यो पार्टी बन्छ । आफूलाई सच्याउनतिर लाग्यो भने पार्टी बदलिन्छ ।’

सत्तारुढ गठबन्धनको नेता समेत रहेका प्रचण्डले माओवादी पार्टी मित्रहरूको खोजीमा रहेको भन्दै अहिलेको गठबन्धन अर्को निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे । ‘हामी मित्रहरुको खोजीमा छौं,’ उनले भने, ‘यही गठबन्धनलाई अगाडि दुई तिहाईको सरकार बनाउने अवसरबाट हामी टाढा भएका छैनौं ।’

गठबन्धन अगाडि नबढे सडक आन्दोलनमा अगाडि जाने विकल्पमा अगाडि बढ्ने उनले संकेत गरे । ‘यो विकृत प्रणालीलाई बदल्नको लागि हामी सडकमा जानुपर्ने पनि हुनसक्छ,’ उनले भने, ‘हामीले संवाद, सहकार्य र सहमतिको पक्षलाई पनि जोड दिइरहेका छौं ।’

उनले यो देशमा प्रतिक्रान्ति, प्रतिगमन नहोस् भनेर संविधान गणतन्त्र र लोकतन्त्रका पक्षपातीहरुको गठबन्धनलाई अगाडि लिएर जाने कुरालाई पहिलो प्राथमिकतामा राख्ने संकेत गरे ।

यो पनि पढ्नुहोस
संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्छ ः प्रचण्ड
दिवंगत नेता बोगटीको स्मरण गर्दै उनले भने, ‘उहाँ सरल हुनुुहन्थो, सहज हुनुहुन्थ्यो । जहाँजहाँ पार्टीलाई असजिलो पर्‍यो त्यहाँ उहाँको स्मरण हुन्थ्यो । साथीहरूका बीच बहस छलफललाई लिएर पहल गर्ने विशिष्ट चरित्र थियो उहाँमा ।’

उनले अघि भने, ‘पार्टीभित्र समस्या आयो भने केही व्यक्तित्वहरूलाई जनयुद्धकालको स्मरण मात्र गराउन चाहन्छु । हैसियतको हिसाबले पदमा माथि भए पनि त्यस्ता व्यक्तिहरूको व्यक्तित्वमाथि नतमस्तक हुने हुँदो रहेछ । कमरेड पोष्टबहादुर त्यस्तै चरित्रको हुनुहुन्थ्यो ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु