कांग्रेस महाधिवेशन अपडेट : दिउँसो ३ बजेसम्ममा क-कसले दिए उम्मेदवारी?

छिनोफानो   शनिबार २५, मङि्सर २०७८ ०४:२१

काठमाडौं : नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता गर्नेक्रम जारी छ। दिउँसाे साढे २ बजेसम्म सभापतिमा कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन समितिका अनुसार उपसभापतिमा महेश आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। महामन्त्रीमा भने कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन्। सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा‚ बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै केन्द्रीय सदस्य (अपाङ्गता) डेकराज भट्टराई, गोपालप्रसाद देउवा, तिलप्रसाद सुब्बा, पुष्करकुमार खड्का‚ वसन्तबहादुर भुजेल, प्रकाश पन्थ, केन्द्रीय सदस्य (अल्पसंख्यक) हरिबहादुर घलेले उम्मेदवारी दर्ता गरेका छन्।

केन्द्रीय सदस्य (खुल्ला मुस्लिम) मख्तार अहमद, अब्दुल सतार, जमिला मिया, हसन अन्सारी, अब्दुल रज्जाक, लुम्बिनी प्रदेश खुल्ला:- कमलप्रसाद भुसाल, शीला शर्मा खड्का, बमबहादुर डिसी, लेखनाथ पोखरेल, देवेन्द्रराज कडेल, महेन्द्रकुमार शर्मा, गजेन्द्रबहादुर हमालले उम्मेदवारी दर्ता गराएका छन्।

सुदूरपश्चिम : भक्तबहादुर बलायर, चन्द्रादेवी जोशी, गण्डकी : कृष्णकुमार नेपाली पोखरेल, धावा गुरुङ, माया क्षेत्री बराल कार्की, ध्रुव वाग्लेले  उम्मेदवारी दर्ता गराएका छन्।

केन्द्रीय सदस्य थारूमा टीकाकुमारी चौधरी, पार्वता डिसी चौधरी, टेकनारायण महतो, यज्ञराज चौधरी, भोटनिदेवी खवास, बाग्मती प्रदेश : राजुराज जोशी,  ध्यानगोविन्द रन्जित, ध्रुवप्रसाद अधिकारीले  उम्मेदवारी दर्ता गराएका छन्।

मधेसीतर्फ: सकलदेव सुतिहार, डा अन्जनीकुमार झा, अजयकुमार कुमार द्विवेदी, मिथिलेशकुमार मिश्र, रामदयाल यादव, मन्जुकुमारी यादव, देवकुमार प्रसाद कलवार, मिनाक्षी झा, रामपल्टन कुमार पोद्वार, मुक्ताकुमारी यादव, प्रेमकिसोर प्रसाद साहले  उम्मेदवारी दर्ता गराएका छन्।

१ नं प्रदेश आनन्दकुमार सन्तोषी राई,  २ नं प्रदेश आनन्दप्रसाद ढुङ्गाना, जंगेलाल राय, कर्णाली प्रदेश जानकी सिंह, कर्णबहादुर बुढा, दिनबन्धु श्रेष्ठले  उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै केन्द्रीय सदस्य आदिवासी जनजाति:भूमिप्रसाद राजवंशी, आदित्यप्रकाश प्रधान, टंकप्रसाद गुरुङ, भरत गुरुङ, टेकबहादुर गुरुङ, बद्रीलाल महर्जन, कर्णेल धनबहादुर राना, तुलसीनारायण श्रेष्ट, आङ छिरिङ शेर्पा, रवि सिंह, बाबुराज चित्रकार, बिनोदकुमार राईले  उम्मेदवारी दर्ता गराएका छन्।

आदिवासी जनजाति महिला : संगीता मन्डल धानुक, सीताकुमारी राना, गंगालक्ष्मी अवाल, श्रीजना श्रेष्ठ, राधा घले, म कुमारी गुरुङ, सरस्वती बजगाईँ, निर्मला तामाङ बस्नेत (निरु) , गौरीकुमारि लामा, केन्द्रीय सदस्य महिला : अनिता देवकोटा, सुशीला ढकाल आचार्य, डिला संग्रौला पन्तले  उम्मेदवारी दर्ता गराएका छन्।

केन्द्रीय सदस्य खुलामा मदनबहादुर अमात्य, लक्ष्मणबहादुर बस्नेत, जिपछिरिङ लामा, रवीन्द्रमान श्रेष्ठ, राजेन्द्र बजगाईँ, मोहनहरिप्रसाद नेपाल, राज त्रिपाठी, उत्तरबहादुर एर, तथा केन्द्रीय सदस्य दलितमा सुजता परियार, अमरबहादुर बराइली, मकुलाल बाल्मीकिर सम्भु हजाराले  उम्मेदवारी दर्ता गराएका छन्।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु