गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा आउछ : पूर्वमन्त्री भट्ट

छिनोफानो   बुधबार ३०, भदौ २०७८ ०२:३३

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा पूर्व मन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालन गर्ने बताएका छन् ।

गेटा मेडिकल कलेजका विषयमा आयोजित छलफलमा उनले मेडिकल कलेजलाई जसरी पनि सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।

गेटा मेडिकल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठान, कलेज अथवा विश्व विद्यालय जे बने पनि तर सञ्चालनमा आउनुपर्ने उनको भनाई थियो । 

गेटा मेडिकल कलेजले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने पूर्व मन्त्री भट्टको भनाइ छ । सञ्चालनका लागि केही काम भइसकेको र केही हुन बाँकी रहेको उनले बताए ।

यस्तै पूर्व मन्त्री भट्टले  सुख्खा बन्दरगाह बन्न नदिने खेल सुरु भएको दाबी गरेका छन् । “केही राजनीतिक व्यक्तिहरूले सुख्खा बन्दरगाह बन्न नदिन केन्द्रमा बाधा फु¥याउदै छन्,” उनले भने, “विकासका नाममा राजनीति गर्नु ठिक होइन ।”

प्रदेशकै मात्र नभई देशकै मुहार फेर्ने गरी बन्न लागेको यो आयोजनामा कोही कसैबाट विरोध हुन नहुने उनले बताए ।  कुनै पनि विकास गर्दा पार्टी नभेर काम गर्नु पर्ने बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु