कांग्रेसका कुनै उम्मेदवारले ल्याएनन् बहुमत, दोस्रो चरणको मतदान हुने

छिनोफानो   मङ्गलबार २८, मङि्सर २०७८ ०९:१८

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा‍क्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको हो।

कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीच मात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्, त्यसले सभापतिमा जितको आधार तय गर्नेछ ।

यसैबीच सभापतिका उम्मेदवार प्रकाशमान सिंहलाई भेट्नका लागि गृहमन्त्री बालकृष्ण खाँण  निवास चाक्सिबारी पुगेका छन्।

खाँण देउवाको दूत बनेर सिंहको निवास चाक्सीबारी पुगेका हुन्। सभापतिको छिनोफानो पहिलो चरणमै नभएपछि देउवालाई सघाउन खाण सिंहलाई भेट्न गएको बताइएको छ।

दोस्रो चरणमा देउवालाई समर्थन गर्न सिंहलाई आग्रह गरिनेछ। दोस्रो चरणमा जाँदा प्रकाशमान सिंह र विमलेन्द्र निधि निर्णायक हुने छन्। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु