देउवा र कोइरालालाई प्रकाशमानको जवाफ– साथीहरुसँग सल्लाह गरेर निर्णय दिन्छु

छिनोफानो   मङ्गलबार २८, मङि्सर २०७८ १०:२३

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि नेताहरु छलफलमा व्यस्त छन् ।

पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहलाई आफ्नो पक्षतिर तान्न शेरबहादुर देउवा र शेखर कोइरालाले प्रयास जारी राखेका छन् ।

देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायर प्रकाशमानसँग छलफल गरेर चाक्सीबारीबाट फर्किएका छन् । उनीहरुलगत्तै शेखर कोइरालाले पनि प्रकाशमानलाई भेटेका छन् । विमलेन्द्र निधिले पनि सिंहसँग टेलिफोन कुराकानी गरेका थिए ।

यी नेताहरुसँगको कुराकानीमा प्रकाशमानले साथीहरुसँग सल्लाह गरेर निर्णय दिने बताएको उनी निकट स्रोतले बतायो ।

सिंह पनि सभापतिका उम्मेदवार थिए । तेस्रो स्थानमा रहेका उनले ३७१ मात्र भोट पाए । चौथो स्थानमा रहेका विमलेन्द्र निधिले पनि २४९ मत पाएका छन् ।

अब दोस्रो चरणको निर्वाचनमा २२५८ मत ल्याएका देउवा र १७४९ मत पाएका शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । यो अवस्थामा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए पुग्छ । जबकी शेखरलाई दुबैको समर्थन चाहिन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु