तिन बुँदे सहमति कार्यान्वयनको माग गर्दै बिप्लप नेतृत्वको नेकपाले ९ जिल्लामै बुझायो ज्ञापनपत्र

छिनोफानो   बुधबार ३०, भदौ २०७८ ०६:२२

सुदूर पश्चिम प्रदेशमा  बिप्लप नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल र जिल्ला  समिति ले  ९ वटै जिल्लाको  जिल्ला प्रशासन कार्यालयमा  ज्ञापन पत्र बुझाएको छ। नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बिच २०७७ फाल्गुन २१ गते भएको तिन बुँदे सहमति कार्यान्वयन गर्न दबाव दिनका लागि संगठनको केन्द्रिय निति अनुसार ज्ञापन पत्र बुझाइएको हो। 
       नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा बिच भएको सम्झौता पुर्ण रुपमा कार्यान्वन नभएकाले सहमति कार्यान्वयनको माग गर्दै  ज्ञापन पत्र बुझाइएको छ। तिन बुँदे सहमति भएको आठ महिना बिती सक्दा पनि नेपाल सरकारले सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएको नेकपा को गुनासो छ। नेपाल कम्युनिष्ट पार्टीका झण्डै नव्या भन्दा बढी नेता तथा कार्यकर्ता अझै पनि जेलमा  रहेका र तिन बुँदे सहमतिमा उल्लेख भएको प्रतिबन्ध फुकुवा बाहेक अन्य कुनै बुँदा  कार्यान्वयन नभएका भन्दै ज्ञापन पत्र बुझाइएको हो। 
       युवा संगठन नेपाल र जिल्ला  समिति ले ९ वटै जिल्लाको  जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाएर प्रसाशन कार्यालय अगाडि केहि समय  धर्ना समेत र्दिएका थिए।
      ज्ञापन पत्रमा राजनितिक आस्थाका आधारमा लगाइएका झुट्टा मुद्दाहरु खारेज गर, राजनितिक आस्थाका आधारमा बन्दि बनाइएका आस्थाका बन्दि हरूलाई निसर्त रिहा गर, जनमत संग्रहको लागि उचित वातावरण निर्माण गर लगाएतका मागहरु उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु