कांग्रेसका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु गर्ने तयारी

छिनोफानो   बुधबार २९, मङि्सर २०७८ ०७:४३

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना बुधबारबाट सुरु हुने भएको छ । मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बाँकी मत गणना बुधबार अपरान्ह्देखि सुरू हुने जानकारी दिए । सुरूमा पदाधिकारीको मत गणाना थाल्ने तयारी छ । पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने उनले बताए ।

नेपाली कांग्रेसको सभापति पदमा भने शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।

गत २४ गतेबाट सुरु भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाा कार्यसमिति चयनका लागि २७ गते मतदान भएको थियो । पहिलो चरणको निर्वाचनमा सभापति पदका पााच प्रतिस्पर्धीमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच मंगलबार पुनः दोस्रो चरणको निर्वाचन भएको थियो ।

दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका छन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्दा देउवाले २ हजार ७३३ मत पाए भने कोइरालाले १ हजार ८५५ मत पाए । ३५ मत भने बदर भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु