सुदूरपश्चिम माओवादीको सम्मेलन : प्रदेश सदस्य घोषणा गरेर सकियो

छिनोफानो   बुधबार २९, मङि्सर २०७८ ०७:४९

धनगढी,२८ मंसिर । माओवादीको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन प्रदेश सदस्यहरू घोषणा गरेर सकिएको छ । शनिवार र आइतबारको लागि आयोजना गरिएको सम्मेलन नेतृत्वमा सहमति हुन नसकेपछि थप दुई दिन लम्बिएको हो ।

सबै जिल्लाका तर्फबाट प्रदेश सदस्यहरूमा सहमति भएपछि जुटाएर सदस्यहरू घोषणा गरिएको हो । तर, अझै पनि केही स्थानीय तहमा सहमति हुन सकेको छैन । सहमति हुन नसकेको ठाउँमा खाली राखिएको माओवादीका केन्द्रीय सदस्य वीरमान चौधरीले बताए ।

उनका अनुसार केही नाम खालि राखेर २२३ जनको प्रदेश कमिटी घोषणा गरिएको हो ।सुदूरपश्चिम प्रदेश सम्मेलन मार्फत एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी सहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने छ तयारी गरिएको थियो । तर, प्रदेश सदस्यको कोटामै विवाद बढेपछि पदाधिकारीको टुङ्गो नलगाई सम्मेलन सम्पन्न गरिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु