हाइटी विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो, तीन दिन राष्ट्रिय शोकको घोषणा

छिनोफानो   बुधबार २९, मङि्सर २०७८ ०७:५५

 हाइटीको उत्तरमा पर्ने क्याप हाइटियन सहरमा इन्धन ट्याङ्कर विस्फोट हुँदा मृत्यु हुनेको स‌ंख्या ६० पुगेको छ । अन्य दजनौँ घाइते भएका छन् ।

घाइतेहरुको उपचार भइरहेको अधिकारीहरूले बताएका छन्। विष्फोटमा सो क्षेत्रका २० घरहरु जलेर नष्ट भएका छन् । प्रधानमन्त्री एरियल हेनरीले दुर्घटनाले राष्ट्र शोक परेको परेको भन्दै तीन दिनको शोकको घोषणा गरेका छन् ।

घाइतेहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । विस्फोट कारणबारे अनुसन्धान भइरहेको स्थानिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु