वेलायतमा कोरोना सक्रमण तीव्र , एकै दिन झण्डै ६० हजार संक्रमित थपिए

छिनोफानो   बुधबार २९, मङि्सर २०७८ ०९:२८

वेलायतमा कोरोना सक्रमण तीव्र रूपमा बढ्न थालेको छ । त्यहाँ हिजो एकै दिन झण्डै ६० हजार संक्रमित थपिएका छन् भने १५० जनाको मृत्यु भएको छ ।

वेलायतको स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार त्यहाँ एकै दिन ६० हजारमा सक्रमण पुष्टी भएको हो । जसमा केही ओमिक्रोन संक्रमित पनि रहेका छन् । यो संख्या गत जनवरी यताकै उच्च हो ।

बेलायतमा ८९ दशमलव २ प्रतिशतले खोपको पहिलो डोज र ८१ दशमलव ४ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांक छ । यसै गरी ४१ दशमलव ९ प्रतिशतले बुस्टर डोज लगाइसकेको अवस्थामा कोरोना संक्रमितको संख्यामा कमी नआउँदा वेलायतमा थप प्रतिबन्ध लगाउने तयारी गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले बेलायती जनताको लापरवाहीका कारण कोराना महामारी पुन फैलिएको भन्दै चिन्ता व्यक्त छ । संक्रमण रोक्नका लागि जनता आफै सचेत हुनुपर्ने भन्दै नियन्त्रणका लािग सरकार जस्तोसुकै कदम चाल्न बाध्य हुने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु